बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ७ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ८८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब १० करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३६ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ। यो लगानी सन् २०२६ जनवरी २१ देखि २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकको उपादन तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे जनाएको छ।

जसका लागि राष्ट्र बैंकले माघ २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरुलाई आह्वान गरेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै