आवासीय व्यक्तिगत घर कर्जामा साढे ४ खर्ब ऋण प्रवाह

काठमाडौँ। आवासीय व्यक्तिगत घर कर्जामा साढे ४ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ५ महिना मंसिरसम्ममा बैंकबाट आवासीय व्यक्तिगत घर कर्जामा करिब साढे ४ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको जनाएको हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले आवासीय व्यक्तिगत घर कर्जा शीर्षकमा मंसिरसम्म ४ खर्ब ४४ अर्ब करोड ९१ लाख रुपैयाँ प्रवाह गरेका छन्।

गत आर्थिक वर्ष २०८१-८२ मा भने बैंकहरुले यो शीर्षकमा ३ खर्ब ९८ अर्ब १५ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कर्जा प्रवाह ११.७४ प्रतिशतले बढेको छ।

चालु वर्षको मंसिरसम्म बैंकहरुले घरजग्गा कर्जातर्फ २ खर्ब ७४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ प्रवाह गरेका छन्। गत वर्ष यही अवधिसम्म बैंकले यस शीर्षकमा २ खर्ब ७७ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ कर्जा दिएका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा कर्जा प्रवाह १.०२ प्रतिशतले घटेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै