ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले फेरी ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले पुस २२ गते एक सूचना जारी गर्दै २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न लागेको जनाएको हो।

राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

यस ऋणपत्रको आज मध्याह्न २ बजेसम्म अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। जसको साँव भुक्तानी २०८३ पुस २२ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। सूचनासहित:

https://www.nrb.org.np/contents/uploads/2026/01/NRB-Bond_2083_Gha_Notice.pdf

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्