सिद्धार्थ बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति

काठमाडौँ। सिद्धार्थ बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो।

बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने भएको छ। हालसम्म अग्राधिकार सेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ।

सिद्धार्थ बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्