पोखरा फाइनान्सको साधारणसभा माघ १४ गते हुने

काठमाडौँ। पोखरा फाइनान्सले साधारण सभा बोलाएको छ। फाइनान्सले माघ १४ गते अघिल्लाे आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को २८ औं र २९ औं वार्षिक साधारण सभा बोलाएको हो।

सभा दरबारथोक बैंक्वेट बाँस्तोलाथर पोखरा कास्कीमा बसिने भएको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले दुइवटा वार्षिक साधारण सभा एकैपटक बस्ने गरी बाेलाएकाे हाे।

सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले सो सभा प्रयोजनका लागि पुस ३० गते शेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने समेत निर्णय गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्