काठमाडौँ। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०२६ को शुभ कामनासहित आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ।
नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो।
कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गर्ने भएको हो। यसअन्तर्गत ग्राहकहरुले प्रतिस्पर्धी ब्याजदरमा सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्ने छन्।
कुनै पनि आधिकारिक विक्रेताबाट सुनचाँदी खरिद गर्नको लागि बैकले कर्जा प्रदान गर्ने छ। यो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख हुनेछ। बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यअनुरुप हाल यो सेवा न्यूरोड (काठमाडौं), न्यूरोड (पोखरा), महाराजगंज, हेटौँडा, भैरहवा शाखामार्फत प्रदान गरिने छ। यद्यपि, सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेश गर्न सकिनेछ।


