चुनावमा चन्दा माग्दा बैंकमार्फत माग्नुपर्ने नयाँ नियम कस्तो लाग्यो ?

काठमाडौँ। अबदेखि चुनावमा उठेकाहरुले चन्दा माग्दा पनि बैंक खातामार्फत नै माग्नुपर्ने भएको छ । निर्वाचनसम्बन्धि कानुनले यसलाई थप प्रष्ट गरेको हो ।

योसँगै अब सुटकेसभरी चन्दा दिने र लिने क्रम केही कम हुने विश्वास गरिएको छ ।

बुझौँ चुनावमा चन्दा माग्दा बैंक खातामार्फत नै माग्नुपर्ने नयाँ नियम 

१. चुनावसँग सम्बन्धित सबै आम्दानी र खर्च बैंक मार्फतै गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । जसको अर्थ अब उम्मेदवार, दल वा अभियानसम्बन्धी कुनै पनि व्यक्ति वा संस्थाले प्रत्यक्ष नगदमा चन्दा लिन-दिन मिल्दैन, सबै रकम बैंक-वित्तीय संस्थामा जानुपर्छ

२.  उम्मेदवार र दलले सिरिफ छुट्टै बैंक खाता खोल्नुपर्नेछ, जुन चुनाव-सम्बन्धी सबै लेनदेनका लागि मात्र प्रयोग हुनेछ, सो खाताबाटै खर्च र चन्दा रहेको रकम निकासा-प्रयोग गर्नुपर्ने नियम तय गरिएको छ ।

३. २५,००० रुपैयाँ भन्दा बढीको दान भने बैंकमार्फतै लिनुपर्ने प्रावधान छ, यसरी बैंकमार्फत प्राप्त नगरेको रकम भएमा तुरुन्तै बैंकमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ ।

४. सबै खर्चको बिल, भौचर र रसीद सुरक्षित राख्न र निर्वाचन कार्यालयलाई पेश गर्नुपर्ने दायित्व पनि तोकिएको छ, यसले खर्चको लेखा-जोखा पारदर्शी र लेखापरीक्षणयोग्य हुने सुनिश्चित गर्छ ।

अब बुझौँ किन यस्तो नियम ल्याइयो

१. चुनावमा अनुशासन र जवाफदेयीता बढाउन

२. काला धन (black money) र अनौपचारिक नगदको प्रयोग घटाउने

३. भ्रष्टाचार र अनियमितता रोकिने सम्भावना

४ . सार्वजनिक विश्वास र निष्पक्षता सुनिश्चित

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै