छिमेक लघुवित्तको १ लाख बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। छिमेक लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले २ वटा संस्था र एउटा जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले सेयरधनी एसजी सेक्यूरिटिज प्रालिको नाममा ६४ हजार ३०६ कित्ता, शिवाङ्गी इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको ६४ हजार ३०६ कित्ता, र विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखेको हो। एसजी सेक्यूरिटिज प्रालि र शिवाङ्गी इन्भेष्टमेन्ट प्रालिको नाममा रहको सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ३९५ रुपैयाँ रहेको छ भने विनिता अधिकारीको नाममा रहेको सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४१० रुपैयाँ रहेको छ।

संस्थापक सेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न सक्नेछन्।

काठमाडौँको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिन सक्ने छिमेक लघुवित्तले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्