चार महिनामा वाणिज्य बैंकहरूको नाफा १९ अर्ब ३७ करोड, ग्लोबल आईएमई बैंकको नाफा सबैभन्दा धेरै !

काठमाडौँ। वाणिज्य बैंकहरूको नाफा घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले साढे १९ अर्ब नाफा कमाएका छन् ।

कात्तिक मसान्तसम्ममा बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख बराबरको खुद नाफा कमाएका छन्। गत वर्ष बैंकहरूले यस अवधिमा २२ अर्ब २९ करोड ८६ लाख नाफा आर्जन गरेका थिए। जुन कम हो।

यस अबधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आईएमई रहेको छ। बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ।

दोस्रोमा नबिल बैंकले २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै, प्राइम कमर्सियल बैंकले कात्तिक मसान्तसम्ममा १ अर्ब ५८ करोड ६० लाख, एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख, एनएमबी बैंकले १ अर्ब २७ करोड ५७ लाख, कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख र हिमालयन बैंकले ८२ करोड ३२ लाख रुपैयाँ कमाएको छ।

यता नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमाले ७७ करोड ९२ लाख, प्रभुले ७३ करोड ७७ लाख, नेपाल एसबीआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख, माछापुच्छ्रेले ६० करोड ९९ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख, एनआइसी एशिया बैंकले ३ कराेड ४३ लाख रूपैयाँ र सिटिजन्स बैंकले १ करोड ६४ लाख नाफा कमाएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चार महिनामा वाणिज्य बैंकहरूको नाफा समग्रमा घटेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्