नेरुडे मिर्मिरे लघुवित्तको कामु सिइओमा ऋषि प्रसाद न्यौपाने नियुक्त

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषि प्रसाद न्यौपाने नियुक्त भएका छन्। लघुवित्तको सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु सिइओमा नियुक्त गरिएको हो।

संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा न्यौपाने नियुक्त भएका हुन्।

संस्थाका कामू सीईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि  स्वैच्छिक अवकाशमा बिदा भएको हुँदा न्यौपानेलाई कामु सिइओमा नियुक्त गरिएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्