बैंकिङ कसुर मुद्दामा श्रेष्ठ पक्राउ, अब हुन्छ जेलको बास !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १७, ग्वार्खो बस्ने ३९ वर्षीय अमृत कुमार श्रेष्ठ रहेका छन्।

उनलाई प्रहरीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो । श्रेष्ठलाई अदालतले बैंकिङ  कसुर प्रकरणमा ५ दिन कैद सजाय तथा ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

श्रेष्ठ अदालतको फैसलापछि फरार भएका थिए। उनलाई  कैद तथा जरिवाना भुक्तान गराउन जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्