National

एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयधनीहरुलाई १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
बैंकको कार्तिक १९ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७/७७ को नाफाबाट बैंकका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगद कर प्रयोजनका लागि गरी कुल १० दशमलव ५३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीहरुले प्राप्त गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime