PRABHU BANK

गुराँस लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको नाफा वितरण नगर्ने

Gurans Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । 
बैठकले २०७७ साल असार ३१ को वासलात, २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्पूर्ण अनुसूचीहरु अनुमोदनका लागि आगामी साधारणसभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै