DISH HOME

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई पारस अस्पतालमा छुट

काठमाडौँ । कामना सेवा विकास बैंक र पारस अस्पतालबीच सम्झौता भएको छ। बैंक र मोरङ, बिराटनगरस्थित पारस अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको हो।

सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा छुट सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै