![# Chhimek Laghubitta](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhyP2Uza5L1bBoQ2YjW9-g9OreCvmlQzrIsoEi-ggABkddSFlngPFGk1syle9g4gwkBIhLRc0NjQ0V2TMr0USXbBWSMGk32ABUwzxZO7PYHxITiCkvsqnG7oYnh4pxgZgZBhRDD78BUwC6d/s16000/chhimeki.jpg)
- बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ । लघुवित्त कम्पनी मंसिर ११ गते बिहिबारबाट २०औं वर्षमा प्रवेश गरेको हो ।
लघुवित्तले २० वर्षे यात्रामा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।