अमेरिकाको ब्याजदर तीन वर्षयताकै न्यून बिन्दूमा, नीतिगत दर ०.२५ प्रतिशत बिन्दूले घट्यो, अझै घट्ने सम्भावना !

काठमाडौँ। अमेरिकाको ब्याजदर तीन वर्षयताकै न्यून बिन्दूमा झरेको छ। अमेरिकी केन्द्रिय बैंकले नीतिगत दर ०.२५ प्रतिशत बिन्दूका दरले घटाएसँगै अमेरिकाको ब्याजदर तीन वर्षयताकै न्यून बिन्दूमा झरेको हो।

यो निर्णय मुद्रास्फीति (महँगी) को डरभन्दा पनि रोजगारी बजार कमजोर हुँदै गएको चिन्ताका कारण गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएको छ । बुधबार फेडले आफ्नो नयाँ दर ३.७५ देखि ४ प्रतिशत बीचमा निर्धारण गरेको छ ।

गत महिनामात्र फेडले डिसेम्बरपछि पहिलोपटक ब्याजदर घटाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार परिषद्का प्रमुखका स्टिफन मिरानले ब्याजदरलाई अझै बढी ०.५ प्रतिशत बिन्दुले घटाउनुपर्छ भन्ने मत दिएका थिए भने कान्सास सिटी फेडरल रिजर्भ बैंकका अध्यक्ष जेफ्री स्मिडले भने ब्याजदर यथास्थितिमा राख्नुपर्ने मत राखेका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्