PRABHU BANK

सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडको ४६ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला

Central Finance
  • बैंकिङ संसार
काठमाडौं । सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ४६ हजार २ सय ६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्ने भएका छन् ।
यस्तै आवेदन भने सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा फाईनान्सको सेयर रजिष्टार एनएमबि क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन पर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै