गोर्खाज फाइनान्सका अध्यक्षले दिए पदबाट राजीनामा

काठमाडौँ। गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले आफ्नो पदबाट राजीनामा दिएका छन्।  बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाउँदै अध्यक्ष र सञ्चालक दुवै पदबाट राजीनामा दिएका हुन्।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कल्पना खापुङलाई सर्वसम्मत रुपमा नयाँ अध्यक्षमा चयन गरेको छ।

फाइनान्सकी सञ्चालक नीलम बोहराले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी छन् । उनको राजीनामा सोही बैठकले स्वीकृत गरेको फाइनान्सले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्