मातृभूमि लघुवित्तको २ हजार २ सय ६८ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ हजार २ सय ६८ कित्ता संस्थापक सेयर कार्तिक १० गतेदेखि बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक सेयरधनीलाई दिएको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रआवेदन दिन सक्नेछन्।

आवेदकहरूले संस्थाको केन्द्रिय कार्यालय लम्कीचुहा ४ बलिया वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ ७ गल्फुटारमा आवश्यक कागजातसहित लिखित आवेदन दिन सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्