‘बैंकहरूले महिलाहरूलाई ऋण दिन हिचकिचाउँछन्’

काठमाडौँ। महिला उद्यमी तथा व्यवसायी अन्जु सुवेदीले निम्न वर्गका महिलाहरूलाई बैंकले ऋण दिन हिचकिचाउँने गरेको बताएकी छिन्।  उनले एक कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्।

योसँगै उनले बैंकहरूले अझै पनि महिला उद्यमीलाई ‘जोखिमयुक्त’ रुपमा हेर्ने गरेको उल्लेख गरेकी छिन्। धेरैजसो महिला उद्यमीहरूमा कानुनी डकुमेन्ट, जमानत वा व्यावसायिक नवीकरणका कागजात अपूर्ण हुने भएकाले बैंकहरूले उनीहरूलाई ऋण दिन हिचकिचाउँने गरेको बताएकी चुन।

तर, यसमा पनि लचिलोपनको माग गर्दै अन्जु सुवेदीले महिला दिदीबहिनी सबै फटाहा हुँदैनन् र जसले डकुमेन्ट पूरा गर्न सकेका छैनन्, उनीहरूलाई पनि बुझ्ने प्रयास गर्नुपर्ने उल्लेख गरेकी छिन्।

यता उनले बैंक र वित्तीय संस्थाहरूले महिलालाई केवल ऋणीको रुपमा नहेरी साझेदारको रूपमा हेर्नुपपर्ने जनाएकी छिन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्