मितेरी डेभलपमेन्ट बैंकले लाभांश दिने

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड १७ लाख १० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २० औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्