मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ७० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले संस्थापक सेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ।

उक्त सेयर पहिलो चरणमा बैंकको विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा राखिएको छ। उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुले बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौँमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्