अभियान लघुवित्तका सञ्चालक दाहालको राजिनामा स्वीकृत

काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्थाको सञ्चालक उमेश दाहालले राजीनामा दिएका छन् । उनले भदौ १३ गते सञ्चालक पदबाट राजिनामा दिएका हुन्।

दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको संस्थाले जनाएको छ।

उनले दिएको राजिनामा संस्थाको असोज २४ गते बसेको ११४ औं बैठकले स्वीकृत गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्