महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

काठमाडौँ। महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट हुने भएको छ।

नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाट, काठमाडौँसँगको सहकार्यमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्