HIMALAYAN LIFE
Banking Sansar Mobile App

गभर्नरका लागि घर भाडामा लिने चलन राष्ट्र बैंकमा पहिलो होइन, यसअघि गभर्नर नेपालले पनि खोजेका थिए ‘महल’ !

काठमाडौँ । राष्ट्र बैंकले गभर्नरका लागि घर भाडामा लिने तयारी गरेपछि राष्ट्र बैंकको खर्चमा गभर्नरलाई किन घर भाडामा लिने भनेर चर्चा गर्नेहरु बढेका छन् । गभर्नरको सुरुवातीदेखि नै बिरोध गरिरहेका केहिले यसलाई थप विरोधको मसाला बनाएका छन् । तर राष्ट्र बैंकमा यसअघि पनि अन्य गभर्नरले समेत यस्तो सुविधा लिएको पाइएको छ ।

यसअघि तत्कालीन गभर्नर चिरञ्जीवी नेपालका लागि पनि राष्ट्र बैंकले महाराजगञ्जमा महँगो दरमा आधुनिक घर पाँच वर्षका लागि भाडामा लिएको थियो । आफु बसिरहेको घरको कोठा सानो भएको भन्दै गभर्नर नेपालले आफ्ना लागि घर खोज्न लगाएका थिए । उनी गभर्नर रहुन्जेलसम्म सोहि घरमा बसेका थिए ।

गभर्नर पौडेलले भने आफ्नो घर भएको भन्दै सो सुविधा नचाहिने भनेका थिए । तर उनको दुवै घर जलेर नष्ट भएपछि बाध्य भएर राष्ट्र बैंक उनका लागि घर खोज्न लागि परेको हो ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारी पनि गभर्नर रहुन्जेलसम्म आफ्नै घरमा बसेका थिए ।
राष्ट्र बैंकले सूचना नै निकालेर ललितपुर क्षेत्रमा कम्तीमा दुई तल्लाको, डेढ रोपनीजति क्षेत्रफलमा पर्ने र सवारीसाधन अट्ने घर खोजिरहेको छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।