PRABHU BANK

ज्योति विकास बैंकले गर्यो ‘स्क्यान एन्ड विथ्ड्र’ सेवाको सुरुवात, चेक विनानै रकम झिक्न सकिने

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्र’ सेवाको सुरुवात गरेको छ । बैंकको उक्त सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्ने भएका छन् ।
स्क्यान एन्ड विथ्ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने भएको बैंकले जनाएको छ । बैंकले यो सेवा देश भरिका १ सय ५ वटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको छ । सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकि रहनु पर्ने झन्झट हटेको पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै