PRABHU BANK

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुसमा हुने, यस्ता छन् छलफलका विषयहरु

Unique Nepal Laghubitta
  • बैंकिङ संसार 
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको मंसिर ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार साधारणसभा हुने भएको हो । कम्पनीको दोश्रो वार्षिक साधारणसभा पुस १० गते शुक्रबार म्याक्स होटेल कोहलपुर बाँकेमा बिहान १०ः४५ बजेबाट भर्चुअल माध्यममार्फत् सञ्चालन हुने भएको छ ।
सभामा कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर सम्बन्धी कार्यहरु अनुमोदन गरिने भएको छ । कम्पनीले २ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय रूपैयाँ अंकित मुल्य दरका २ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
यसैगरी सभामा बन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कल इन एडभान्सलाई हकप्रद सेयरमा रुपान्तरण गर्ने र प्राप्ति वा मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने जस्ता जिषयमा छलफल हुने भएको छ । यस्तै सञ्चालक समितिका सदस्यको चयन अनुमोदन गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरू पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै