PRABHU BANK

प्रभु इन्स्योरेन्सको ७ लाख कित्ता संस्थापक समूह सेयर मंसिर २१ गतेबाट बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?

Prabhu Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूह सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले मंसिर २१ गते आइतबारबाट लिलामीमार्फत संस्थापक समूह सेयर बिक्री खुल्ला गरेको हो ।
कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक समूहको सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा बिक्री खुला गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर २१ गते आइतबारदेखि मंसिर २८ गते आइतबारसम्म आवेदन दिन सक्ने भएका छन् ।
यस्तै न्युनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । यसैगरी आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै