PRABHU BANK

प्रभु बैंकले ४ अर्व रुपैयाँ बराबरको ‘प्रभु बैंक डिबेञ्चर-२०८७’ नामक ऋणपत्र बिक्री खुल्ला गर्ने

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १ हजार रूपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक ३/३ महिनामा व्याज भुक्तानी हुने गरी ४ अर्व रूपैयाँ बराबरको ‘प्रभु बैंक डिबेञ्चर-२०८७’ नामक ऋणपत्र सार्वजनिक बिक्री खुल्ला गर्न लागेको हो ।
जसमध्ये २ अर्व ४० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गर्न लागेको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भए पछि उक्त ऋणपत्र सार्वजनिक निष्कासन हुने भएको छ ।
उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै