PRABHU BANK

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य, अफिसिएल बैंकिङ पार्टनरको रुपमा काम गर्ने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन् ।
सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ पार्टनरको रुपमा काम गर्ने भएको छ । यस्तै आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ सेवामा विशेष सहुलियत पनि प्रदान गर्ने भएको छ । आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै