prabhu

सांग्रीला डेभलपमेन्ट बैंकमा लक्ष्मण कार्कीको ‘मिस इन्फर्मेसन’, बोले खुलेआम झुट !

काठमाडौँ । सांग्रीला डेभलपमेन्ट बैंकमा कर्पोरेट कम्युनिकेसन विभागमा कार्यरत लक्ष्मण कार्कीले मिडियामा खुलेआम झुट बोल्ने गरेको खुलासा भएको छ । उनले सकेसम्म सञ्चारकर्मीलाई बैंकका सूचना अधिकारीसम्म पुग्न नै नदिने र मिडियालाई गलत जानकारी दिने गरेको खुलासा भएको हो ।

तीजको दिन पनि महिला कर्मचारीहरूलाई बिदा नदिएको विषयमा सूचना अधिकारी अपूर्व प्रसाद जोशीको फोन नउठेपछि हामीले उनलाई बैंकको धारणा लिन सहयोग गर्न आग्रह गरेका थियौँ । तर उनले बैंकले सबै महिला कर्मचारीलाई बिदा दिएको भन्दै सफेद झुट बोले । पछि हाम्रो सम्पर्कमा आएका जोशीले कार्कीको झुट पुष्टि गरे । उनले व्रत नबसेका कर्मचारीहरूलाई बिदा नदिएको र व्रत बस्नैपर्ने र कार्यलय आउन नसक्नेहरूलाई बिदा दिएको दाबी गरे ।

यद्यपि कार्कीले भनेजस्तो सबैलाई बिदा भने नदिएको उनको स्वीकारोक्ति छ । कार्की मिडिया पृष्ठभूमिकै व्यक्ति हुन् । यद्यपि उनी बैंकिङका जानकार भने होइनन् ।

यता बैंकका कर्मचारीले भने आफुहरुलाई जबरजस्ती बैंकमा बोलाएर काममा लदाएको गुनासो गरेका छन् । यस विषयमा बैंकिङ संसारले न्युज ब्रेक गरेको थियो ।
यस विषयमा तयार गरिएको भिडियो रिपोर्ट आज बेलुकी http://bankingsansar.com मा प्रसारण हुनेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै