PRABHU BANK

प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्कासन

Prabhu Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासन गरेको छ । कम्पनीले मंसिर २९ गते सोमबारबाट १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको हो । 
कम्पनीले निष्कासन गरेको ६० लाख कित्ता आइपीओमध्ये ३ लाख कित्ता कर्मचारीको लागि र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ । कम्पनीको उक्त आइपिओमा पुस २ गतेसम्म आवेदन दिन सकिने भएको छ । पुस २ गतेसम्म सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म पनि भर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । उक्त आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै