National

इन्फ्राष्ट्रक्चर बैंकको निमित्त सिईओमा भूपेन्द्र पाण्डे नियुक्त, बैंक तथा बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । इन्फ्राष्ट्रक्चर बैंकको निमित्त सिईओमा डेपुटी सिईओ भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सिईओ अनिल ज्ञवालीको कार्यकाल मंसिर ३० गते मंगलबारदेखि सकिएको हुनाले नयाँ सिईओ नआउदासम्मको लागि निमित्त सिईओ तोकिएको बैंकका सूचना अधिकारी सुवर्ण कुमार सिंहले जानकारी दिएका हुन् ।
मंसिर ३० गते मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको बैंकले जनाएको छ । पाण्डेसँग बैंक तथा बीमा कम्पनीहरुमा १९ वर्ष लामो काम गरेको अनुभव छ । उनी एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक भएर समेत कार्य गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै