PRABHU BANK

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

merger
  • बैंकिङ संसार
काठमाडौं। हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । सिभिल बैंकलाई प्राप्ती गरेसँगै हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । हिमालयनले सिभिललाई १००ः८०. २८ अनुपातमा प्राप्ति गरेको हो ।
हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल १८९ वटा शाखा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै