ग्लोबल आइएमई लघुवित्तको नाफामा १२१ प्रतिशत वृद्धि, लाभांश क्षमता १७ करोड रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा दोब्बरभन्दा बढी बढेको छ।

विवरणअनुसार लघुवित्तले समीक्षा वर्षमा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १० करोड ६२ लाख रुपैयाँभन्दा १२१.९१ प्रतिशत बढी हो।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि ७० करोड ४४ लाख रुपैयाँबाट बढ्दै ८४ करोड ४९ लाख रुपैयाँमा पुगेको छ।

सञ्चालन नाफा अघिल्लो वर्षको १८ करोड ३८ लाख रुपैयाँबाट ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यससँगै प्रतिशेयर आम्दानी १७.१६ रुपैयाँबाट दोब्बरभन्दा बढी हुँदै ३८.११ रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २१५.३५ रुपैयाँ छ भने वितरणयोग्य नाफा १७ करोड १७ लाख रुपैयाँ रहेको छ । ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्