PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषदबीच सम्झौता, विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषदबीच सम्झौता भएको छ । बैंक र परिषदबीच युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषदका  तर्फबाट कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पछि राष्ट्रिय युवा परिषदले प्रत्येक प्रदेशका ५ वटा पालिकास्तरमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने भएको छ । र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी  गर्नेछ ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने बताउँदै लाखौं युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताएका छन् । राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले भने यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताएका छन् ।
उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र राष्ट्रिय युवा परिषदका उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने पनि बताएका छन् । कार्यक्रममा परिषदका प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी संजालका संयोजक लोचन बस्नेत, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै