PRABHU BANK

आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश स्वीकृत

Asha Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभां स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो । जसलाई राष्ट्र बैंकले पुस २ गते मात्र स्वीकृत गरेको नेप्सेले जानकारी गराएको छ । 
यससँगै उक्त लाभांशलाई लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै