PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को लाभांश वितरण गर्ने

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लाभांश वितरण गर्ने भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ३ गते शुक्रबार अपरान्ह बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी कूल १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ९ अर्व ३५ करोड रुपैयाँ रहेको छ । १०.२६९५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्नेछ । उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा करिब ५ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै