काठमाडौँ। व्यवसायी दुर्गा प्रसाईं जेलबाट रिहा भएपछि उनले ऋण लिएका बैंकका सिइओहरु खुसी भएका छन् ।
आफुकहाँ भएको ऋणको नियमित किस्ता आईरहे पनि ठूलो ऋण भएकाले ऋण चुक्ता हुन्छ वा हुन्न भन्ने शंकामा रहेका बैंकका सिइओहरु ऋण चुक्ता हुने आशामा खुसी भएका हुन् ।
तीनकुने घटना प्रकरणमा पक्राउ परेका प्रसाईंलाई पाटन उच्च अदालतको आदेशपछि रिहा गरिएको हो । उनीसँग उच्च अदालतले दुई वटा मुद्दामा २८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
उच्च अदालतले प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा रु २५ लाख धरौटी माग गरेको थियो । अदालती प्रक्रिया पूरा भएपछि कारागारले सोमबार राति प्रसाईलाई रिहा गरेको हो ।