PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडद्धारा गत आर्थिक वर्षको लाभांश घोषणा

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको पुस ५ गते आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्व २४ करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १६ अर्व रुपैयाँ पुग्नेछ । उक्त प्रस्तावित १८.५ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै