PRABHU BANK

सिभिल बैंकको एक्सटेन्सन काउन्टर चितवनमा, सम्पूर्ण राजश्व तथा दस्तुरहरु भुक्तानी गर्न सकिने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले चितवनको करदाता सेवा कार्यालय खैरहनी नगरपालिकामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
यससँगै अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकले हाल १ सय १४ शाखाहरु र ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत आफ्न ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ । बैंकले करिब ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै