PRABHU BANK

कामना सेवा विकास बैंकको विस्तारीत शाखा बानेश्वर बहुमुखी क्याम्पस परिसरमा

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले विस्तारीत शाखा संचालनमा लयाएको छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ विस्तारीत शाखा संचालनमा ल्याएको हो । बैंकले शुक्रबारदेखी विस्तारीत शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका हुन् । योसँगै अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्न सक्ने भएका छन् ।
साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्स्टेन्सन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्ने भएका छन् । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७ः३० बजे देखी दिउँसो ३ बजे सम्म कारोबार गर्ने भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै