ज्योति विकास बैंकमा जागिरको अवसर

काठमाडौँ। ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका र उपत्यका बाहिरका केही शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदका लागि जागिर खुलाएको छ। आवेदन दिन चाहनेले साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकिङ क्षेत्रमा अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ। साथै, आवेदन दिने व्यक्तिको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्