PRABHU BANK

एनएमबि बैंक लिमिटेडद्धारा एकैदिन ३ शाखारहित बैंकिङ सेवा स‌ंचालनमा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा स‌ंचालनमा ल्याएको छ । बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यको साथ एकै पटक ३ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ३३ पुगेको छ ।
बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका-०६ चिसापानी उदयपुर, प्रदेश २ मा तिरहुत गाउँपालिका-०४ डिमन सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका-८ टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । एनएमबि बैंकले हालसम्म १ सय ८० शाखाहरु, १ सय ३५ एटीएम, ३३ शाखारहित बैंकिङ सेवा, ९ विस्तारित काउन्टरहरु र ४ सय पोओएस मसिन र १० हजारभन्दा बढी क्यूआर कोडमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै