प्रभु बैंकका ग्राहकहरूलाई होपफुल हराइजन नेपालमा विशेष छुट

काठमाडौँ। प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई झम्सिखेलस्थित होपफुल हराइजन नेपालमा मानसिक स्वास्थ सम्बन्धि सेवामा विशेष छुट दिने गरी दुई पक्षीय समझदारी भएको छ।

एक समारोहबीच होपफुल हराइजनका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमूख अन्जु बस्नेतको पनि उपस्थिति थियो। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपालमा पेश गर्नुपर्ने छ। होपफुल हराइजन नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो।

संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थसम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ। यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख ग्राहकलाई  सेवा दिँदै आएको छ।

‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्