PRABHU BANK

लक्ष्मी बैंकद्धारा ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको घोषणा, विजेतालाई पुरस्कार पनि दिने

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ । बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल मनि भिडियो प्रतियोगिताको घोषणा गरेको हो ।
यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा-वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र भाइबर बैंकिङजस्ता डिजिटल विकल्पहरुलाई अप्नाउने रुचिको अभिवृद्धि गर्ने प्रयास गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै