नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको विवरण अनुसार वाणिज्य बैंकहरूको नाफा घटेको छ। बैंकहरूको नाफा घटेपनि वाणिज्य बैंकहरूमध्य सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। 

बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । ११ महिनामा बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । नबिल बैंकपछि  सबैभन्दा धेरै नाफा  ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमाएका छन्। 

ग्लोबल आइएमई बैंकले समीक्षा अवधिसम्म ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्