विकास बैंकहरुको नाफा ८.१९ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकको, दोस्रो स्थानमा गरिमा विकास बैंक !

काठमाडौँ। राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका छन्।

अघिल्लो वर्ष यही अवधिसम्म विकास बैंकहरुको कुल नाफा ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ८.१९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले १ अर्ब ५ करोड १७ लाख रुपैयाँ कमाएको छ।  अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १०.०७ प्रतिशतले घटेको छ।

यता दोस्रो स्थानमा गरिमा विकास बैंकले सबैभन्दा धेरै १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.८५ प्रतिशतले बढेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्