PRABHU BANK

बैंक अफ काठमाण्डू र सेलपेबीच सम्झौता, विद्युतिय कारोबार गर्ने सकिने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र सेलपेबीच सम्झौता भएको छ । बैंकले काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने सम्बन्धमा बैंक र सेलपेबीच सम्झौता भएको हो । 
बैंकका तर्फबाट रिसर्च प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलपेका प्रबन्ध निर्देशक पवन प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने भएका छन् ।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी पनि गर्न बैंकले जनाएको छ । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै