काठमाडौँ। राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका छन्।
अघिल्लो वर्ष यही अवधिसम्म विकास बैंकहरुको कुल नाफा ४ अर्ब ८३ करोड २२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ८.१९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले १ अर्ब ५ करोड १७ लाख रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १०.०७ प्रतिशतले घटेको छ।
यता दोस्रो स्थानमा गरिमा विकास बैंकले सबैभन्दा धेरै १ अर्ब १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८५ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.८५ प्रतिशतले बढेको छ।